१९ आषाढ २०७८, शनिवार

धनगढी: कोरोना महामारीका कारण बन्द रहेको दिपायल–धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने भएको छ। यसअघि महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण हवाई उडान सेवा बन्द गरिएको थियो।

https://amzn.to/4myfPN5

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै हवाई उडान सञ्चालन हुन लागेको हो। दिपायलबाट धनगढीका लागि र धनगढीबाट दिपायलका लागि प्रत्येक हप्ताको मंगल र शुक्रबार उडान भर्ने समिट एयरले जनाएको। जहाजमा कूल १८ जना सिट क्षमता रहेको छ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले डोटीसँगै सूदुरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, अछाम र बैतडीबाट पनि धनगढीका लागि उडान हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर