१९ आषाढ २०७८, शनिवार

गैरआवसीय नेपाली संघ(एनआरएनए) मलेसियामा अहिले चुनावि सरगर्मी वढिरहेको छ ।

जुलाई २५ तारिखमा तय भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दैछ ।

यसक्रममा मलेसियामा निकै राम्रो छवि वनाएर आफनो ब्यापार ब्यावसाय तथा समाज सेवा गरिरहेका बर्तमान सचिव ,रन्जीत कुमार क्षेत्रीले महासचिवमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।
एनआरएनए मलेसियामा लामो समय देखि आबद्ध हुदै दुई कार्यकाल सचिवको जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका क्षेत्रीले आफुले महासचिवको घोषणा गरिसकेको र सवैको साथ पाउने वताए ।

उनले भने मैले हिजो पनि श्रमिकको हक, हित र अधिकारको कुरालाई अगाडि वढाएको थिए, मलाई ब्यक्तिगत स्वार्थ केहि लिनु छैन जे गरिन्छ त्यो श्रमिकको हितको लागि गरिन्छ ।
अन्तर्राष्टिय अर्घाखाँची सम्पर्क मंचका मलेसियाका अध्यक्ष समेत रहेका क्षेत्री सगं विभिन्न संघ संस्था हरुसँग काम गरेको लामो अनुभव समेत रहेको छ ।
आफुले दुई कार्यकाल सचिव पदमा काम गरेको र बरियताले पनि महासचिव पदमा उमेद्धवारी वन्न लागेको उनको भनाई छ ।

उनलाई मलेसियामा रहेको सवै नेपालीहरुको साथ समेत रहेको र निर्विरोध हुने समेत अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर