
१८ आषाढ २०७८, शुक्रवार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ ।
उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन भन्दै बिहीबार पत्र काट्नुभएको थियो