सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्युसेकको हारहारीमा रहेको पानीको सतह बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षिक (डीएसपी) अमरबहादुर थापाले पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकालीमा पानीको सतह बढ्दै गइरहेको बताए ।

https://amzn.to/4myfPN5

नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।

प्रहरी नायब उपरीक्षक थापाले सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको जानकारी दिए ।

नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । onlinekhabar  बाट

प्रतिक्रिया

सम्बन्धित खवर