बराहक्षेत्र नगरपालिका ५सुनसरीका होम बहादुर गुरुङको बुधबार मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएको छ।  वैदेशिक रोजगारीको लागि मलेसियामा भाईपर फोर्स सेक्युरिटी कम्पनीमा २१ महिनादेखि कार्यरत रहेका थिए । मंगलबार राती खाना खाएर सुतेका गुरुङ बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । राती सुतेकै बेलामा हृदयघात भएर मृत्यु भएको हुनसक्ने अनुमान् गरिएको छ ।

मलेसियाको सेलाङ्गर राज्य स्थित पेटालिङजाया जिल्लामा दामानसारामा काम गर्दै आएका मृतक गुरुङको शवलाई रोजगारदाता कम्पनीसंगको समन्वय,सहयोगमा हाल पोस्टमार्टमको लागी अस्पतालमा लगिएको जानकारि आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर