एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ ।

नयाँ वेबसाइटबाट प्याकखरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशतसम्म्ा थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकताअनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्छन् ।

विषेशअफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने टि्रपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याकखरिद गर्दा तीन गुणा बढि डे डेटा पाउछन् ।

कोरोना महामारीले गर्दा घर-घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र पि्रयजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकैनै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।

ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियानअन्तर्गत पनिनयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्छन् । यीअफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यलयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ ल्याइएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय