महाकाली नदीमा डुबेर बैतडीमा एक किशोर बेपत्ता भएका छन्। शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउद नुहाउने क्रममा डिम्बर घाटबाट बेपत्ता भएका हुन्।

आफन्तको मलामी गएका किशोर नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। नदीमा डुबेर बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय