महान्यायाधिवक्ता रमेश बडालले सरकारले संविधान कार्यान्वयन गरेको बताउँदै अध्यादेशमार्फत राष्ट्रघात नभएको बताएका छन्। सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे  सोमबार पत्रकार सम्मेलनमा बडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याइएको बताएका हुन्।

‘संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात हुन्छ,’ उनले भने, ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा राखिएको छ।’

https://amzn.to/4myfPN5

अहिले मुलुकमा जन्मको आधारमा नागरिकता पाएकाको संख्या १ लाख ९० हजार ७२६ जना रहेको र तिनका सन्तानले अहिलेसम्म नागरिकता पाउन नसकेको बडालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर