फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको निधन भएको छ । उनका बुवा केही समय देखि संक्रमित थिए । अधिकारीको सोमवार निधन भएको हो ।
करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए ।









