भन्सार विभागले रिक्त रहेको भन्सार एजेन्ट पद पूर्तिका लागि पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै विभागले परीक्षा स्थगित गरेको शुक्रवार जनाएको छ ।

https://amzn.to/4myfPN5

यसअघि आगामी जेठ २२ गतेका लागि भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको थियो ।

अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ ।

विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर