सुर्खेत । स्वास फेर्न समस्या भएपछि प्रदेश अस्पताल कालागाउँ ल्याइएका एक पुरुषको उपचारका क्रममा साताअघि मृत्यु भयो । अस्पतालमा बुबाको हेरचाहमा खटिएकी १८ वर्षीय छोरी अहिले संक्रमित छन् । सावधानी अपनाउँदा पनि संक्रमित हुनुको कारण अव्यवस्थित अस्पताल नै रहेको उनले आशंका छ ।

कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको कालागाउँ प्रदेश अस्पताल परिषरभित्र स्तरीय क्यान्टिन र औषधि पसल छैन । संक्रमितको संसर्गमा रहेकाहरु सामान लिन बाहिर जानुपर्ने अवस्था छ । जसले संक्रमण नियन्त्रणको सट्टा फैलने जोखिम बढेको छ ।

‘यहाँ अस्पतालमा दिने खाना काम लाग्ने छैन । औषधि र अन्य सामान किन्न बाहिर जानैपर्छ,’ मृतककी छोरीले भनिन्, ‘चाहिनेजति सबै कुरा अस्पतालभित्रै पाइने भए बाहिर गइरहनु पर्थेन । विरामी कुरुवाका लागि मास्कबाहेक अन्य केहि सुविधा छैन ।’

प्रदेश अस्पतालमा उपचार गर्न आएका टाढाका विरामीहरुका कुरुवाहरु नै आवश्यक सामान ल्याउने वहानामा खुलेयाम बाहिर निस्कने गरेका कारण कोरोना संक्रमण थप फैलिएको छ । जिल्लामा निषेधाज्ञा जारी हुने तर कोरोनाको राजधानीको रुपमा रहेको प्रदेश अस्पतालमा नै संक्रमण फैलिन नदिने उपाय अवलम्बन नगरिएका कारण अस्पतालबाटै जोखिम भएको छ ।

प्रदेश अस्पतालमा कोरोना उपचार गर्न आएका विरामीका आफन्तहरुसँग कोभिडबाट जोगिनु कुनैपनि सुरक्षा सामाग्री छैन । एक मास्कको भरमा उनीहरु कुरुवा बस्नुपर्ने अवस्था छ । आजसम्म कर्णालीमा एक सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर