२३ बैशाख २०७८

निषेधाज्ञामा घरभित्रै बस्दा छटपटी, अल्छिपन, दिक्दारी लाग्न सक्छ ।

यतिमात्र होइन घरमै बसिरहँदा मानिसमा तनाव, चिन्ता, डर लाग्ने जस्ता समस्याहरु देखिन सक्छ ।

महामारीको अवस्थामा घरभित्रै यसरी समय बिताउनूस् ।

– महामारीको त्रासका बीचमा अरु कुरा सोच्नुभन्दा पुस्तक र उपन्यास पढेर दिन बिताउन सकिन्छ ।

घरमा किताव छैन भनेपनि अहिले विभिन्न वेबसाइटमा निःशुल्क पुस्तक पाइन्छन् ।

-चित्रहरु बनाउन, गीत गाउन, गजल, कविता लेख्न सकिन्छ । साथै खाना बनाउन मन पर्छ भने विभिन्न परिकारका खाना बनाएर परिवारसँग रमाइलोसँग दिन बिताउन सकिन्छ ।

-बालबालिकालाई जीवन उपयोगी काम सिकाउने । जस्तै, पानी तताउन, चिया बनाउन, अमलेट बनाउन, खानाका परिकार पकाउन लगायतका विभिन्न कामहरु सिकाउन सकिन्छ ।

-बालबालिकालाई पढाउने । विद्यालयहरु बन्द छन् । यस्तो बेलामा बालबालिकाहरु पढिसकेका विषयवस्तु बिर्सन सक्छन् । त्यसैले घरमै उनीहरुलाई पुस्तक पढ्न प्रेरित गर्ने ।

-परिवारसँग समय बिताउने । घरभित्रै विभिन्न प्रकारका खेल खेल्न सकिन्छ । परिवारको सदस्यसँग बसेर लुडो, क्यारेमबोर्ड, चेस, चोरपुलिस लगायतका विभिन्न खेलहरु खेल्ने ।

-घरमा बसेर विभिन्न किसिमका फिल्म, नाटक, सिरिज हेरेर पनि समय बिताउन सकिन्छ । जसले मनमा सकारात्मक भावना उब्जाउन मद्दत गर्छ ।

-आफूलाई मन पर्ने काम गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर