३ भाद्र २०७७, बुधवार
सहयोगि नेपालले ललितपुरको भैसीपाटि क्षेत्रका अशक्त, जेष्ठ नागरिक, बालबालिकाहरुलाई घरघरमै पुगेर सहयोग गरेको छ ।
भैसेपाटि क्षेत्रमा दैनिक मजदुरी गर्ने परिवारका बालबालिकाहरु, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको हो ।
संस्थाले ३७ जना बालबालिका, ३६ जना शिशुका आमाहरु र २३ जना जेष्ठ नागरिकलाई घरघरमै पुगेर सहयोग गरीएको संस्थाका अध्यक्ष इश्वरी ढकाले वताउनु भयो ।
संस्थाले कोराना संक्रमणको कारण भौतिक दुरी कायम गर्दे बालबालिकालाई पुस्तक,कापी, कलम, खेलौना, जेष्ठ नागरीक र आमाहरुलाई चामल,अण्डा,हर्लिक्स,सेरलेस,व्रस मन्जन, काजु, वदाम,किसमिस,नरिवल जस्ता पौष्टिक खानेकुराहरु वितरण गरिएको संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद ओझाले वताउनु भयो ।
प्रत्येक हप्ताको शनिवार कार्यक्रमहरु हुदै आईरहेकोमा यो पटक भने विशेष वुधवार वुवाको मुख हेर्ने दिन पारेर वितरण गरीएको थियो । सोहि अवसरमा मिष्ठानहरु समेत वितरण गरिएको थियो ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा ५ बर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ परिक्षण तथा निशुल्क विभिन्न सामाग्री वितरण गर्दै आईरहेको छ ।