बुधबार हुने भनिएको चेन्नेई सुपर किंग्स र राजस्थानविचको खेल कोभिडका कारण स्थगित भएको छ । दिल्लीमा हुने यो खेलको एक दिन अगाडी चेन्नेईको पुरै टिम क्वारेन्टिनमा बस्नुपर्ने भएपछि स्थगित भएको हो ।

चेन्नेईका तीन जना पदाधिकारीमा सोमबार कोरोना देखिएको थियो । जसमा बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजीपनि रहेका थिए । उनमा कोभिड देखिएपछि पुरै टिम एक साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जसका कारण बुधबार हुने खेल स्थगित भएको हो ।

कोभिडका कारण आइपीएलमा खेल स्थगित भएको यो दोस्रो पटक हो । यसअघि सोमबार राति हुने भनिएको बैंग्लोर कोलकाताको खेलपनि खेलाडीमा कोरोना देखिएपछि स्थगित भएको थियो ।

भारतमा पछिल्लो पटक कोभिडले भयाभव अवस्था देखिरहँदा त्यसको असर आइपीएलमा पनि देखिएको छ । यसअघि कोलकातासँग खेलेको दिल्लीको पुरै टिमपनि आइसोलेसनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर