
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र जिल्ला प्रसासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय भएको जानकारी गराए।