नेपालगन्ज – नेपालगन्जको भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली सहयोगको लागि नेपालगन्ज आएको छ ।प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगन्ज आइपुगेको हो । टोली ले आजैदेखि काम शुरु गर्ने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । ईन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहनुभएको छ ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमडी टीम बनाएको छ । उक्त टीमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टीम निश्चित समयका लागि परिचालन हुने गरेको छ । नेपालगन्ज आएलगत्तै स्वास्थ्य पेजसँग कुरा गर्दै डा गिरीले १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर