३ भाद्र २०७७, बुधवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
साउन ३० गते पिसिआरको लागि स्वाब दिएपछि दुइटा नतिजा आयो। पहिलो नेगेटिभ देखिएको थियो तर हिजो फेरि पोजेटिभ देखियो भनेर खबर पाएँ उनले संचारकर्मिहरुलाई भने । अहिले उनी कीर्तिपुरस्थित आइसोलेसन वार्डमा भर्ना भएका छन् ।उनले आफ्नो स्वास्थ्य सामान्य रहेको जनाए । सांसद बोगटी अछाम क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । आइसोलेसनमा रहेका बोगटीले कोरोनाबाट सचेत रहन सबैलाई सन्देश दिएका छन् । कोरोनाले कुनै पद, जात, थर नहेर्ने भन्दै सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर