२८ चैत्र २०७७

रामेछापको दोरम्बा गाउँपालिकाको नाम संशोधन भएको छ ।

https://amzn.to/4myfPN5

गाउँसभाको सिफारिसमा दोरम्बा गाउँपालिकालाई दोरम्बा शैलुङ गाउँपालिका नामाकरण भएको हो।

गाउँसभाबाट पालिकाको नाम संशोधन गर्ने प्रस्ताव पारित गरी नेपाल सरकारलाई अनुरोध गरिएको थियो ।

चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त नाम संशोधन गर्ने निर्णय गरेको हो ।

तामाङहरुको बाहुल्यता रहेको दोरम्बा क्षेत्रमा पर्ने शैलुङ ऐतिहासिक र पर्यटनको हिसावले महत्वपूर्ण मानिन्छ ।

तामाङ भाषामा सै भनेको सय र लुङ भनेको थुम्का भन्ने अर्थ लाग्ने भएकोले पनि उक्त क्षेत्र तामाङ जातिका लागि विशेष महत्व राख्ने भएकाले पालिकाको नाममा शैलुङ थप्ने प्रस्ताव राखिएको थियो ।

यसअघि रामेछापको लिखु गाउँपालिकाको नाम संशोधन गरी लिखु तामाकोसी गाउँपालिका बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर