
२० चैत्र २०७७
चलचित्र ‘प्रेमगञ्ज’ का लागि मुख्य कलाकार छनौट भएका छन् ।
यसअघि अडिसनमार्फत केही कलाकारहरू छनौट भएका थिए ।
चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल छनौट भएको बताइएको छ ।
यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।
सेन विगत १५ वर्षदेखि नेपाली चलचित्र जगतमा सक्रिय रूपमा कार्य गर्दै आएका निर्देशक हुन् ।
उनको निर्देशनमा बनेका यसअघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरू हासिल गर्न सफल भएका छन् ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् ।
चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।
चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने बताइएको छ ।