५चैत्र २०७७

एजेन्सी / आमिर खानले सामाजिक सञ्जालबाट आफ्नो सबै एकाउण्ट हटाएका छन् ।

उनले यस्तो गर्नुका कारण बताएका थिएनन् । अहिले उनले एक भिडियोमार्फत एकाउण्ट बन्द गर्नुको कारण बताएक छन् ।

उनले आफू सामाजिक सञ्जालमा कहिल्यै सक्रिय नभएको बताएका छन् । उनले पत्रकारलाई आफ्नो थ्योरी नलगाउन अनुरोध गर्दै आफू सञ्चारमाध्यमबाट दर्शक तथा स्रोतामाझ जाने बताएका हुन् ।

उनले भने, ‘म सामाजिक सञ्जालमा कहिल्यै सक्रिय थिइन्, अब म मिडियाबाट नै दर्शक तथा स्रोतामाझ जान्छु त्यसकारण मिडियाको थप जिम्मेवारी बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर