१९ फागुन २०७७, बुधवार
सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ ।
बुधबार हुने वार्ताका लागि विप्लव समूहको वार्ता टोली काठमाडौं आएको थियो ।
उच्च सुरक्षा सतर्कताबा बीच दुवै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् ।
वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो ।
विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन र समातिएका आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहाइ गर्नुपर्ने माग अघि सारेको छ ।
नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई पनि वार्ता गरेर समस्या समाधान गर्ने बताउनु भएको थियो ।
सोही अनुसार सरकारले वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली गठन हुँनासाथ विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा रहेका थापा र विश्वकर्मा दुवै पूर्व माओवादी हुन् । उनीहरु दुवै सशस्त्र क्रान्तिबाट आएका हुन् ।









