एन.आई.सी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । काठमाडौंस्थित तिनचुली शाखामा ‘गोल्ड श्रेणी’को सुपर चमत्कारिक बचत खाता खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका ह’न् ।

खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा बैंकले खातावालालाई सो रकम भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर