न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टोली र न्युजिल्यान्डबीचको टी-२० श्रृंखला आजदेखि सुरु हुँदै छ । पाँच खेलको श्रृंखलाअन्तर्गतको पहिलो टी-२० खेल आज हुँदै छ । क्राइस्टचर्चस्थित हेजली ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुने छ ।

अस्ट्रेलिया ऐरन फिन्चको कप्तानीमा मैदानमा उत्रिनेछ भने न्युजिल्यान्डको कप्तानी केन विलियमसनले गर्ने छन् ।

यी दुई टोलीबीच हालसम्म ९ टी-२० अन्तर्राष्ट्रिय खेलहरु भएका छन् जसमध्ये ७ खेलमा अस्ट्रेलिया विजयी भएको छ भने २ खेल मात्र न्युजिल्यान्डले जितेको छ ।

आइसिसीको टी-२० विश्व वरियतामा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड छैटौं स्थानमा रहेको छ । यस श्रृंखलामा राम्रो नतिजा निकाल्दै अस्ट्रेलियालाई पुन: शीर्षस्थानमा फर्किने अवसर रहेको छ ।

अस्ट्रेलियाको टोली: ऐरन फिन्च (कप्तान), म्याथ्यु वेड, जोसुवा फिलिपे, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एस्टन टर्नर, एस्टन एगर, जाय रिचार्डसन, केन रिचार्डसन, एडम जाम्पा, जेसन बेहरनडर्फ, मिचेल मार्श, बेन मेकडर्मट, एन्ड्रयु टाइ, डार्सी शर्ट, राइले मेरेडिथ, डानियल साम्स, तनभीर साङ्घा

न्युजिल्यान्डको टोली: मार्टिन गप्टिल, टिम सेइफर्ट, केन विलियमसन (कप्तान), डेभोन कनवे, ग्लेन फिलिप्स, जिम्मी नीशम, मिचेल सान्टनर, काइल जेमिसन, टिम साउदी, हामिश बेनेट, ट्रेन्ट बोल्ट, इश सोधी, मार्क चापमान

प्रतिक्रिया

सम्बन्धित खवर