२ फागुन २०७७, आइतवार

रुपन्देहीको सैनामैनामा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब उपाधि प्रतिस्प्रधाका लागि भिड्ने भएको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा जीत निकाल्दै फर्साटिकरले आगामी फागुन ५ गते उपाधिका लागि भिड्ने भएको हो ।

सैनामैना-७ स्थित सरस्वती माविको प्राङ्गणमा जारी प्रतियोगिता अन्तरत आज भएको खेलमा फर्साटिकरले विश्वशान्ती युवा क्लब सालझण्डीलाई ४ शून्य गोल अन्तरले पराजीत गरेको हो ।

सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा खनाल ब्रदर्श फर्साटिकर र फुलबारी गाइज बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हाजर २२२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ नगदराशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी अन्तिम चारमा पुग्ने अन्य २ समुहले नगद २०/२० हात पार्ने हायोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार नगद राशी प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

स्थानीय सरस्वती माविमा भइरहेको खेलमा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकलाई नगद राशीले सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर