२९ माघ २०७७, बिहिवार

दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु भएको छ ।

जिल्लाको गढवा गाउँपालिका –२ चिमचिमे तिलतिले डाडाँका वर्ष २७ को सुर्य बहादुर राना थापामगरले हानेको गोली लागेर उनका सहोदर दाजु ३९ वर्षका ईन्द्रबहादुर राना थापामगरको ज्यान गएको हो ।

दाजुभाई सिकार खेल्न जंगलमा गएका बेला भाईले चलाएको गोली लागेर दाईका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

उनकाअनुसार भाइले हानेको गोली बाँया हातको काखी मुनि लागेर दाजुको घटनास्थलमै मुत्यु भएको थियो ।

भालु आएको जस्तो मानेर गोली हान्दा दाजुलाई लागेको सूर्यले प्रहरीलाई बताएका छन् ।

भरुवा बन्दुकसहित भाई सुर्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर