२८ माघ २०७७, बुधवार

प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा आज गरिराखेको प्रदर्शन र विरोध सभा खिच्न उडाइएको ड्रोन क्यामेरा भिडमा खसेको छ।

कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले भिडिओ खिचिराखेको ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका छन्।

‘हाम्रो पार्टीले ड्रोन सञ्चालन गरेको थियो। यहाँ कहाँ खस्यो भन्ने जानकारी प्राप्त भएको छ, त्यसले सुरक्षित राखिदिन अनुरोध गर्दछु,’ पोखरेलले भने।

आज प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा प्रदर्शन गरिराखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर