२५ माघ २०७७, आइतवार

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ २८ गते काठमाडौँमा प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शन गर्ने भएको छ।

https://amzn.to/4myfPN5

नेकपाको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सो समूहले काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभाको बारे जानकारी गराएको हो। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सहभागी बन्न सम्पूर्णलाई अपिलसमेत गरेका छन्।

नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन्।

सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए।

यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजन गर्न लागेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर