२५ माघ २०७७, आइतवार

समाचारको माध्यमबाट जिल्लाको समग्र विकासको निम्ति उत्कृष्ट कलम चलाएको भन्दै तेह्रथुमका आठजना पत्रकार पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ तेह्रथुमको ११ औं साधारणसभामा ‘तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोष्ट दैनिकका तेह्रथुम संवाददाता टीआर सेनेहाङ र विनोद भट्टराई बुधबार पुरस्कृत भएका छन् ।

यो पुरस्कार राधिका पोख्रेल र डा.सञ्जीव सापकोटाले आफ्नो स्वर्गीय छोराको नाममा स्थापना गरेका हुन् ।

यस्तै तेजबहादुर कार्की र उमादेवी कार्कीद्वारा स्थापित ‘तेह्रथुम पत्रकारिता विकास पुरस्कार’ टंक ढुंगाना र तीर्थ कटुवाललाई एवम् सोम निरौला र पार्वता निरौलाद्वारा स्वर्गीय छोरीको सम्झनामा स्थापित ‘महिला पत्रकारिता पुरस्कार’ भीमा लीम्बु र रेजिना खड्कालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी सहयोगी बचत तथा ऋण सहकारी पुरस्कार विकास गुरुङ र छवि कन्दङवालाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय लक्ष्मण कार्की र उद्धव तिम्सिना, म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफे, जिल्ला अधिकारी भगिराज भण्डारी, प्रहरी नायव उपरिक्षक गौतम थापालगायतले पुरस्कार वितरण गरे ।

पत्रकारिता क्षेत्रमा क्रियाशील रही सुशासन, पारदर्शिता,जवाफदेहिताको पक्षमा समाचार सम्प्रेषण गरी जिल्लाको विकास र समृद्धिमा योगदान दिएको ठहर गर्दै सो पत्रकारलाई पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर