२५ माघ २०७७, आइतवार

एनआरएनए मलेसियाको क्षेत्रीय समिति जोहोरवारुले संस्थाका सचिवलाई जिम्मेवारीवाट हटाएको छ ।

शुक्रबार क्षेत्रीय समिती जोहोरले प्रेस विज्ञप्ती निकाल्दै अनुरागी अब देखि संस्थामा नरहेको र उनले राजिनामा दिएको जानकारी दिएको छ।

साथै उनको नाम संग जोडिएर संस्थाको गलत प्रयोग भएमा संस्थाले अबदेखि जिम्मेवार नलिने पनि प्रष्ट पारेको छ।

अर्जुन माथि केहि दिन अगाडि मात्रै मलेसियामै कार्यरत एक २९ वर्षिय युवतीले आफू माथी यौन उत्पीडन ,दुव्र्यवहार गरेको आरोप सहित स्थानीय प्रहरीचौकीमा जाहेरी दर्ता गरेकी थिइन्।
जाहेरीमा अर्जुनले आफूलाई सिम कार्ड दिने बहानामा बारम्बार जबर्जस्ति भेट्न बोलाउने र सिम कार्ड लिनलाई आफू संग ३,४ पटक यौन सम्बन्ध राख्नुपर्ने सहितको म्यासेज ह्वात्सएप मार्फत लेखेर पठाएको , यौन दुव्र्यवहार गरेको आरोप दर्ता गरिएको जाहेरीमा उल्लेख गरिएको छ।
संस्थाले सोहि विषयलाई लाई उनलाई जिम्मेवारीवाट हटाएको समेत उल्लेख गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर