२ भाद्र २०७७, मंगलवार
काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा (कर्फ्य) निषेधाज्ञा लागू गर्ने तयारी गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा (कर्फ्य) गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका हुन् । कसरी कडाइ गर्ने भन्नेबारे क छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए ।तर भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्ने गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको पाण्डेको भनाई छ ।