
२१ माघ २०७७, बुधवार
विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा अनुपस्थित भएका हुन् ।
यसलाई कतिपयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर संवैधानिक रुपमा देखिन थालेको भनेर टिप्पणी गरेका छन् ।