१९ माघ २०७७, सोमवार

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा बहस सुरु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्दै छन् ।

यस्तै प्रधानमन्त्रीको तर्फबाट बहस गर्न एक सय ७५ जना निजी कानुन व्यवसायीले पनि वकालतनामा बुझाएका छन् ।

१३ रिट निवेदकका तर्फबाट ७२ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

माघ ४ गतेबाट सुरु भएको निवेदक पक्षको बहस १३ दिनमा सकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर