तपाईंले कुकुर पाल्नुभएको छ भने कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाटिदिन्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे
जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ?
कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।
त्यति मात्र नभई कुकुरले आफ्नो दिसा छोप्नका लागि कुनाकाप्चा खोज्छ । उसको नाकमा बेस्सरी ब्याक्टेरिया र अन्य कीरा हुन सक्छन् ।
त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा लहरे संक्रमण हुन सक्छ ।
स्टाफाइलोकोकस औरियस नामक अर्को खतरनाक संक्रमण भयो भने त झन् तपाईंको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ ।
त्यसैले कुकुरलाई कहिल्यै पनि चुम्मा लिन वा चाट्न नदिनुस् ।