१७ माघ २०७७, शनिवार

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गर्दैछ ।

धनगढीमा गरिने शक्ति प्रदर्शनसहितको सभालाई अध्यक्षद्वय दाहाल र नेपालले सम्बोधन गर्ने बताइएको छ ।

दाहाल–नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो ।

यसअघि हिजो दाहाल नेपाल समूहले विराटनगरमा विरोध प्रदर्शन गरेको थियो ।

त्यसअघि बिहीबार बुटवलमा समेत हजारौ नेता कार्यकर्ता जम्मा पारेर दाहाल नेपाल समूहले विरोधसभा गरेका छन् ।

आज धनगढीमा प्रदर्शन सकेपछि दाहाल–नेपालको शक्ति प्रदर्शन कार्यक्रम काठमाडौं केन्द्रित हुनेछ ।

माघ २८ गते एक लाख भन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने यसअघि नै कार्यक्रम सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यका बाहिरका मुख्य शहरमा शक्ति प्रदर्शन गरिरहेको सो समूहले काठमाडौंको माइतीघर मण्डलामा पनि निरन्तर धर्ना दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर