१६ माघ २०७७, शुक्रवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष  ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अत्याचार र निरंकुशता’ अब नटिक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् ।

दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर अपमानित गरेको पनि बताए ।

‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ?

मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ?

मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ ।

उनले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए ।

आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै दाहालले अगाडि भने, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर