
१६ माघ २०७७, शुक्रवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शुक्रबार अत्तरिया धनगढीमा मोटरसाइकल ऱ्यालीसिहत प्रदर्शन गरेको छ।
माघ १७ गते धनगढीमा आयोजना गर्न लागेको जनसभाको पूर्वसन्ध्यामा मोटरसाइकल ऱ्याली निकालिएको हो।
राष्ट्रिय युवा संघ नेपालको संयोजनमा ऱ्यालीको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले गरेका थिए।