
१६ माघ २०७७, शुक्रवार
दुवईमा एक नेपालीको मृत्यु भएको छ ।
बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं २ का २४ बर्षीय खुमबहादुर थापाको मृत्यु भएको हो ।
राति साथीहरुसंग कुरा गरेर सुतेका उनको सुतेकै अवस्थामा मृत्यु भएको दुवईवाट साथीहरुले जानकारी गराएका छन । थापा एक बर्ष अघि रोजगारीको सिलसिलामा दुवई पुगेका थिए ।