१६ माघ २०७७, शुक्रवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ ।

https://amzn.to/4myfPN5

निरन्तर सुनुवाई शुरु भएपछि शुक्रवार १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ ।

प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधिशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका थिए ।

शुक्रवार नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ ।

गुरुङसँगै निवेदन दिएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त पोखरेलले बिहिबार बहस गरेका थिए । उनको बहस सकिएको छ ।

शुक्रवार कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहिच चारजनाले बहस गर्नेछन् । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको आठौं निवेदन हो ।

आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिईन् ।

संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर