२०७७ भाद्र १, सोमबार

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्।

आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ।

त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर