११ माघ २०७७, आइतवार
सरकारले प्रतिनिधि सभा विघटन सँगै मध्यावधिक निर्वाचन घोषणा गरेपछि तयारी थालिएको छ।
निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक सँगै तयारीलाई जिल्लागत रुपमा पनि तीव्र पारिएको हो।
सुदूरपश्चिम प्रदेशमा पनि तयारी अगाडि बढाइएको छ।
प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीमा जिल्ला निर्वाचन कार्यालयले तालिका तयार गरि तयारी थालिएको प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए।
तालिका अनुसार माघ १५ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, १६ र १७ गते प्रकाशित मतदाता नामावलीको त्रुटी सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने कार्यक्रम रहेको बताइएको छ।









