
११ माघ २०७७, आइतवार
बाघको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छिन् ।
लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमण बाट गम्भीर घाइते भएकी हुन् ।
उनलाई मुख, आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ ।
शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो ।
बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए । ‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए ।
श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समयमा नजिकै लुकेर बसेको बाघले आक्रमण ग¥यो श्रीमान टुलिराम चौधरीले भने ।
’बाघको आक्रमणबाट गम्भीर घाइते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको छ ।
लमही अस्पतालका डाक्टरका अनुसार आँखामा गहिरो चोट भएकोले आँखा सम्बन्धी अस्पतालमा जानु पर्ने बताएका छन् ।