१० माघ २०७७, शनिवार

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ ।

शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै दाहाल–नेपाल समूहका स्थायी समिती सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको आरोप लगाउनुभयो ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी अदालत र निर्वाचन आयोगलाई समेत ओलीले नियन्त्रणमा राखेको उहाँको जिकिर थियो ।

विरोध सभाका अन्य वक्ताहरूले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै सुनसरीमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर