१० माघ २०७७, शनिवार

स्याङ्जा, वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ ।

शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट लाखौंको क्षति भएकोअ अनुमान गरिएको छ ।

स्थानीय टिकाराम पाण्डेले ६ वर्षदेखि सञ्चालन गर्दै आएको उद्योगमा कर्मचारीले काम गर्दागर्दै अकष्मात आगलागी भएको थियो ।

स्थानीय, सुरक्षाकर्मी र वालिङ नगरपालिकाको दमकलको सहायताले आगो नियनत्रणमा लिइएको छ ।

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर