१० माघ २०७७, शनिवार

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर राष्ट्रघाति र प्रतिगमनकारी काम गरेको आरोप लगाएका छन्।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै केपी ओलीको कदम बढी जनघाती भएको टिप्पणी गरे। ‘रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेका हुन्, केपी ओलीले आँफै प्रतिगमन गरेका हुन्।’ उनले भने ‘रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन्।’

प्रचण्ड माधव समुहका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले केपी ओलीले कम्युनिष्ट पार्टी नै खतम गर्न खोजेको भन्दै पार्टी, देश र व्यवस्था बचाउन आफूहरु लागीरहेको बताए।

मघ १५ गते बुटवलको पुष्पलालपार्कमा हुने विरोध सभाबारे जानकारी दिन प्रचण्ड माधव समुहले बुटवलमा पत्रकार सम्मेलन गरेको हो।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले सो दिन राजमार्ग चौराह गोलपार्क, तिनाउपारीबाट जुलुस आएर पुष्पलालपार्कका विरोधसभा हुने जानकारी दिए।

विरोधसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर