चीन सरकारले आफ्ना तटरक्षक (नौसेना) लाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादास्पद कानुन पारित
गरेको छ।
प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरूलाई चीनले यस्तो कानूनी अधिकार दिएको हो। राष्ट्रिय सम्प्रभुता, सुरक्षा र समुद्री
अधिकार संरक्षण गर्न पछिल्लो कानुन ल्याइएको चीनले दावी गरेको छ।
यो कानुन फेब्रुअरी १ देखि कार्यान्वयन हुने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। यस कानुनअनुसार अब चिनियाँ
तटरक्षकहरूले आवश्यक सबै उपाय अपनाउन सक्ने अधिकार प्राप्त गरेका छन्। यसअन्तर्गत विदेशी जहाजहरूबाट हुने खतरा रोक्न
हतियार प्रयोग गर्न पाउने अधिकारलाई सबैभन्दा संवेदनशील रुपमा हेरिएको ब्लुमवर्गमा उल्लेख छ।
दक्षिण चीन सागर लगायत कैयन क्षेत्रमा अमेरिका र क्षेत्रीय प्रतिष्पर्धीहरूसँग अहिले चीनले टकराव लिइरहेको छ। चीनको
पछिल्लो कदमले युद्धको स्थिति निम्त्याउने आंकलन गरिएको छ।


 
								 
							
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com