९ माघ २०७७

भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो ।

२०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।

सन २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट  भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर