९ माघ २०७७

भारत सरकारले नेपाललाई उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बालुवाटारमा आयोजित एक समारोहबीच उक्त खोप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।

“यस कठिन घडीमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु,” खोप बुझेपछि प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् भनेका छन्।

भारतले जनवरी १९ का दिन नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो। सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज आज काठमाडौं पठाएको थियो। तिनै खोप आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर