१ भाद्र २०७७, सोमवार
पत्नीलाई कुटपिट गरी गर्भ पतन गराएको आरोपमा प्रहरीले रुन्टिगढी गाउँपालिका -३ मसिनाका २३ वर्षीय सोनु विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
पत्नी १७ वर्षीया कुमारी विकलाई मादक पदार्थ सेवन गरेका आरोपितले साउन २९ गते घरयासी विवादमा कुटपिट गरेको भन्दै पीडित पक्षले साउन ३० गते इलाका प्रहरी कार्यालय, रुण्टीगढीमा उजुरी दिएका थिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज चापागाईंले बताउनु भयो ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, होलेरीमा सामान्य उपचार पछि थप उपचारको लागि घोराही रिफर गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर