९ माघ २०७७, शुक्रवार

चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा गाउँपालिका-७ घर बताउने ५० वर्षीय राजकुमार खत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५५२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार खत्रीले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर