
८ माघ २०७७, बिहिवार
विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् । सहकारीमा अहिले ताल्चा लगाइएको छ ।
बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली आउनु पर्सि आउनु् भन्दै आफुहरुलाई झुलाएको गुनासो उनीहरुले गरेका छन् ।
करिब २ दर्जन भन्दा बढी बचतककर्ताहरुले बैकका संचालक र कर्मचारीलाई फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालयमा बैक विरुद्ध उजुरी हालेका छन् ।